भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा भक्तपुरको नासमनामा आफ्नै भवनमा र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष,२०८२ यही जेठ १७ गतेदेखि जेठ २४ गतेसम्म साताव्यापी रुपमा व्याडमिण्टन प्रतियोगिता, निबन्ध प्रतियोगिता, जेष्ठ सदस्य तिर्थ भ्रमण, मठमन्दिर सहित ऐतिहासिक क्षेत्र सरसफाई , बाल मनोबैज्ञानिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम, सहकारी प्रभातफेरि, रक्तदान कार्यक्रम र सुगर परीक्षण, स्मारिका विमोचन र प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरि सम्पन्न भयो ।




२०८२ जेठ २४ गते सो संस्थाको साताव्यापी कार्यक्रमको समापन कार्यक्रकलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नं.२ का सांसद दुर्लभ थापाले शुभकामना साकोसले विभिन्न कार्यक्रम गरि आफ्नो रजत वर्ष उत्सवको रुपमा मनाएको देख्ता खुशी लाागेको छ भन्दै यो संंस्था दीर्घ समयसम्म सञ्चालन हुन सकोस् भनी कामना गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका जनतालाई समेटेर सहकारीले वित्तीय सेवा प्रदान गरिहेको बताउनुभयो । सहकारीका कारण मुलुकको आर्थिक गतिविधि बढेको र सहकारीले बचत र ऋणको माध्यमबाट आफ्ना सदस्यहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सवल बनाउने काम गरेको बताउदै उहाँले सरकारले सहकारीलाई राम्रो सँग सञ्चालन हुने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारीले उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गरेको भन्दै उहाँले सहकारीका कारण मानिसहरुले विदेशमा छोराछोरी पढाउन सकेको बताउनुभयो । त्यस अवसरमा सांसद थापाले

सो कार्यक्रम दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

यसैगरी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै ‘सहकारी अभियान भित्र समाज छ र समुदायमा आधारित सहकारीले समाजको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको छ’, भन्नुभयो। उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डले बचत तथा ऋण सहकारीलाई अशर पर्ने भएकोले प्राधिकरणले तत्कालै त्यसलाई सच्याएर पुन: जारी गर्नु पर्नेमा जोड दिनुभयो । शुभकामना साकोसले आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै उहाँले सरकारले ऐन, नियम तथा मापदण्ड निर्माण राम्रो सँग सञ्चालन भइरहेका शुभकामना साकोस जस्ता सहकारी संस्थालाई हेरेर गर्नु पर्ने बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक ध्रुबराज विष्ट , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव गोविन्द काफ्ले, सोही संघका सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु र जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँहरुले ऐन नियम भन्दा मापदण्ड माथि नहुने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका सोही संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले उक्त संस्थाको गतिविधि र वित्तीय अवस्थाबारेमा प्रकाश पार्द हाम्रो संस्थालाई सफलतापूर्वक ल्याई पु-याउन योगदान गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले २०५७ साल जेठ २४ गते ७५ जना सदस्यको रु.७,५०,००० शेयर पूँजीबाट विधिवत रुपमा स्थापना भएको यस संस्थामा यसबेलासम्म १० हजार भन्दा बढी शेयर सदस्य र रु.१,७८,००,००,००० भन्दा माथि कारोबार रहेको जानकारी दिनुभयो ।
त्यसै संस्थाकी उपाध्यक्ष तथा रजत वर्ष व्यवस्थापन समिति संयोजक निर्मला सुवालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सो संस्थाको रजत वर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र व्याडमिण्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुका साथै बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो भने सोही संस्थाका असल ऋणीहरुलाई सम्मान गरियो ।

