शुभश्री साकोस मध्यपुर थिमि नगरपालिकाका उत्कृष्ट सहकारी संस्थाहरु मध्येमा पर्छ : मेयर श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले ‘स्थानीय समुदायमा आधारित शुभश्री साकोस मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालनमा रहेका उत्कृष्ट सहकारी संंस्थाहरु मध्येमा पर्छ’, भन्नुभएको छ । मध्यपुर नगरपालिका-४,शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभाको २०८० पुस २१ गते यचु पार्टी भेन्युमा उद्घाटन गर्दै उहाँले मध्यपुर थिमि नगरपालिका अन्तर्गतका सबै सहकारी संस्थाहरु राम्रोसँग चलेका छन् तर प्रदेश अन्तर्गतका केही बहुउद्देश्यीय र कृषि सहकारी संंस्था बिग्रिएकाले तिनलाई कारबाहीको लागि लेखेर पठाएको बताउनुभयो । मध्यपुर थिमि नगरपालिकाले आफ्न‍ो सहकारी ऐन र नियमावली बनाई सकेकोले अब आउने माघदेखि सहकारी अनुगमन गरिने र अनुगमनका क्रममा कसैले गल्ती गरेको पाइयो भने त्यसलाई कारकाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहकारीले बचत र ऋण कारोबार मात्रै नगरी सामाजिक क्षेत्रमा पनि केन्द्रित हुनु पर्ने विचार व्यक्त गर्नुभयो । मध्यपुर थिमि नगरपालिकाले सम्पदा निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्द्धन हुने गरी कार्य गरिरहेको भन्दै उहाँले मध्यपुर थिमि नगरपालिकामा जनसंख्याको अनुपातमा सामुदायिक विद्यालय थोरै भएकोले तिनीहरुलाई एक आपसमा मर्ज गर्नुको साटो तिनीहरुको स्तर वृद्धि गर्ने र सामुदायिक विद्यालयमा शौचालयको गुणस्तर वृद्धि गर्ने र नगरपालिका आफैले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खाजा वितरण गर्दै आएको बताउनुभयो । यस नगरपालिकामा सञ्चालनमा रहेका निजी विद्यालयको शुल्क १० प्रतिशत भन्दा कम मात्रै वृद्धि गर्न पाउने व्यवस्था गरिएको भन्दै उहाँले मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल क‍ोरिया मैत्री अस्पताललाई सुुबिधा सम्पन्न अस्पताल बनाउन मध्यपुर थिमि नगरपालिकाले गरिरहेक‍ो कार्यबारे चर्चा गर्नुभय‍ो ।

सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले अध्यक्षता गर्नुभएक‍ो उक्त साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सहकारी संस्थाहरुले बचत र ऋण कारोबारसँगै उत्पादन र रोजगारी सिर्जना हुने गरी कार्य गर्नु पर्ने बताउनुभय‍ो । साधारण सभामा नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्र, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समिति सदस्य सुशिला पराजुली लगायतले सो संस्थाको थप प्रगतिको कामना गर्दै सहकारीले आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन र शेयर सदस्यहरुले शुभश्री साकोस जस्ता सुशासनमा चलेका सहकारी संस्थामा नियमित कारोबार गर्नु पर्ने खाँचो औँल्याउनुभयो ।

सहकारी संस्थाहरुका साथै विभिन्न सामाजिक संघ/संस्थाका अध्यक्ष/ प्रतिनिधि लगायतको उपस्थिति रहेको उक्त साधारण सभामा सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै त्यसै संस्थाका अध्यक्ष श्रेष्ठले आफ्ना शेयर सदस्यहरुलाई सहज ढंगबाट वित्तीय सेवा प्रवाह गरि आर्थिक र सामाजिक रुपमा शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो य‍ो संस्था शेयर सदस्य ज्यूहरुको अटुट माया र विश्वास तथा कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा सुशासन कायम गरि प्रगतिपथमा अगाडि बढ्न सफल भएको विचार व्यक्त गर्नुभय‍ो । त्यस संस्थाको गतिविधि , भावी कार्यक्रम र योजनाबारे चर्चा गर्दै उहाँले सहकारी सिद्धान्त, मूल्य , मान्यता र नियामक निकायहरुको सल्लाह, सुझाव र निर्देशनलाई आत्मसाथ गरी मोवाइल बैंकिङ्ग जस्ता प्रविधि मार्फत आफ्ना शेयर सदस्यहरुलाई सहज ढंगबाट गुणस्तरीय सेेेवा प्रवाहमा ज‍ोड दिइएको बताउनुभयो ।

त्यसै संंस्थाका सचिव काशीभक्त कायष्ठले सञ्चालन गर्नुभएको सााधारण सभामा सो संस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले संंस्थाको आर्थिम प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गोपाल न्हा श्रेष्ठले संस्थाको लेखा सुपरीवेओण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभय‍ो ।

शेयर सदस्यहरु बीच छलफल भइ साधारण सभाबाट ती प्रतिवेदनहरु पाारित गरियो । साधारण सभाले पाारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा सो संंस्थामा शेयर सदस्य संख्या २,६६०, शेयर पूँजी रु.४,६८,३२,३००, निक्षेप संकलन रु.२७,७१,१७,८६८, ऋण लगानी रु.२३,८१,०१,५५४ र खुद बचत रु.२८,८५,७६८ रहेको उल्लेख छ ।

उक्त संंस्थाकी कार्यालय अधिकृत रबिता श्रेष्ठले संंय‍ोजनकारी भूमिकन निर्वाह गर्नुभएको साधारण सभामा त्यस संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई पुरस्कार सहित द‍ोसल्ला ओडाएर सम्मान गरियो । यसैगरी साधारण सभामा सो संस्थामा उत्कृष्ठ कारोबार गरेका बाल सदस्य तथा शेयर सदस्यहरु र एस.ई.ई मा उत्कृष्ट जीपीए(GPA) का साथ उत्तीर्ण हुने शेयर शेयर सदस्यहरुका छोराछोरीलाई पुरस्कार सहित सम्म गरिएको थियो ।

त्यस अवसरमा साधनरण सभाका अध्यक्ष श्रेष्ठल प्रमुख अतिथि श्रेष्ठलाई मनयाको चिनो प्रदान गर्नुभयो । साथै उहाँले नेफ्स्कूनकी नवनिर्वााचित सञ्चालक मन्दरा मिश्रलाई सफल कार्यकालको शुभकामना सहित बधाइ दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *