काठमाडौंको बागबजारमा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्रमज्योति बचत तथा ऋण सहकारी संंस्था लि.ले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांंश वितरण गरेको जनाएको छ । गत महिना सम्पन्न उक्त संस्थाको २३औँ वार्षिक साधारण सभाले गरेको निर्णय गरे अनुसार शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको र सहकारी ऐन, २०७४ तथा संस्थाको विनियम बमोजिम शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने तयारी भइरहेको सोही संंस्थाका उप-प्रबन्धक नकुल खतिवडाले अलगपथलाई बताउनुभयो । ‘विगतका वर्षमा संरक्षित पूँजी फिर्ता कोषको सबै रकम शेयर सदस्यहरुलाई वितरण गरेको समुदायमा आधारित हाम्रो यस संस्थामा शेयर सदस्यहरुको निक्षेप बढ्दा तरलता ३० प्रतिशत भन्दा माथि पुगेकोले लगानी गर्न कुनै समस्या छैन’, उहाँले भन्नुभयो । ‘आफ्ना शेयर सदस्यहरुलाई छिटो, सजिलो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको यस संंस्थामा ७ हजार शेयर सदस्य , रु.१० करोड शेयर पूँजी , रु.९७ करोड निक्षेप संकलन, रु.८५ करोड ऋण लगानी र रु.१ अर्ब २७ करोड कुल सम्पत्ति दायित्व रहेको छ र हाम्रो यो संस्थामा खराब कर्जा छैन’, उहाँको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यता तथा त्यसै संस्थाका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा गत मंसिर १६ गते सम्पन्न सो संंस्थाको २३औँ वार्षिक साधारण सभाले पारित गरेको सो संस्थाको वाार्षिक प्रतिवेदनमा उक्त संस्थामा आर्थिक वर्ष २०७९/०८० मा शेयर पूँजी रु.९ करोड ८५ लाख ६८ हजार , जगेडा तथा अन्य कोषहरुमा रु.१४ करोड १३ लाख २१ हजार , खुद मुनाफा रु.३ करोड १८ लाख ३८ हजार र कुल सम्पत्ति दायितब रु.१ अर्व २२ करोड २ लाख ६७ हजार रहेको उल्लेख छ । यसैगरी उक्त प्रतिवेदनमा त्यस संंस्थाका कर्मचारीहलाई विभिन्न तालिम तथा सेमिनारहरुमा समावेश गर्ने गरिएको छ, सहकारी सम्बन्धी सूचनामुलक सामाग्रीहरु नियमित रुपमा सूचनापाटी, वेबसाइट, सामाजिक सञ्जाल एवं एसएमएस (SMS) सेवा मार्फत अद्याबधिक गर्ने गरी सदस्यहरुको पहुँचमा पु-याएको छ , क्यास (Cash) प्रयोजनका लागि स्मार्ट च्वाइस टेक्नोलोजी र माछापुच्छ्रे बैंकको सहकार्यमा डेबिट कार्ड (Debit Card) र नन क्यास (Non Cash) प्रयोजनको लागि मोबाइल बैंकिङ (Mobile Banking) सञ्चालनमा ल्याएको लगायतका विषय उल्लेख छ ।






