संखुवासभाको पुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

चैनपुर / आज संखुवासभाको मादी नगरपालिका-६, पुलुङमा यात्रु बाहक बस दुर्घटना हुँदा बसका चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । बिहान इटहरीका लागि मादीको ओखरबोटेबाट हिडेको बा ४ ख ७३५ नं.को बस पुलुङस्थित ७ घुम्तीमा सडकबाट करिव ३०० मीटर तल खसेको स्थानीयबासीको भनाई छ । चालक सहित १९ जना सवार सो बस दुर्घटनाको खबर थाहा पाउनासाथ मादी नगरपालिकाका मेयर विदुर लिङ्तेप सहितका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी तथा स्थानीयबासीहरु घटनास्थलमा पुगेका थिए । मृतकहरुको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *