राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । ४४ पृष्ठको लामो सो नीति तथा कार्यक्रममा रास्वपा नेतृत्वको सरकारले गर्ने आगामी आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम र योजना उल्लेख छ । नीति कार्यक्रममा संविधान संशोधनको लागि साझा बेस पेपर निर्माण गर्ने, आर्थिक कारोबारलाई डिजिटलाइज गर्ने, नापी र मालपोतलाई एकीकृत सेवाको रुपमा अगाडि बढाई स्थानीय तहसम्म विस्तार गर्ने लगायतका विषय उल्लेख छ ।





