संविधानको धारा ७६(२) को सरकार गठनको दावी पेश गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज प्रतिनिधि सभाबाट पाचौँ पटक विश्वासको मत पाउन नसकेर ढलेपछि कानुनविदहरुको सुझाव लिएर राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकारको गठनको लागि आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा राष्ट्रपति समक्ष दावी पेश गर्न आह्वान गर्नुभएको छ । आज साझ राष्ट्रपति कार्यालयका प्रवक्ता सैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । ।

प्रचण्ड बालुवाटारबाट खुमलटारमा

प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरबाट निजी निवास खुमलटार सर्नुभएको छ । उहाँलाई खुमलटार पुग्दा भव्य स्वागत गरिएको थियो । नयाँ सरकार गठन नहुँदासम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यबाहार सम्हाल्न प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी प्रदान गर्नुभयो । आज प्रतिनिधि सभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको सरकारको पक्षमा नेकपा (माके)का ३२, रास्वपाका २१ र नेकपा (एस)का १० गरि ६३ जना प्रतिनिधि सभा सदस्यले समर्थन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *