सदस्यहरुलाई लाभांश वितरणको तयारी गर्दै कास्कून

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । सामाखुशीमा २०७१ पुस २५ गते बिहीबार माइन्युट (निर्णय पुस्तिका) लेखन तालिम

सञ्चालन तयारी गरिरहेको उक्त संघका व्यवस्थापक अरुण तिवारीले अलगपथलाई सो कुरा बताउनुभएको हो ।

२०८१ पुस १९ गते शुक्रबार धुम्बाराहीमा सोही संघका अध्यक्ष दीपक पनेरूको अध्यक्षता तथा बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कास्कूनको २१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ मा आर्जन गरेको मुनाफाबाट आफ्ना सदस्य संस्थाहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्ने लगायतका निर्णय गरेको थियो ।

दीप प्रज्वलन गरि उक्त साधारण सभाको उद्घाटन गरेका प्रमुख अतिथि श्रेष्ठले ‘बागमती प्रदेश, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आफ्नै भवनमा बागमती प्रदेश, सहकारी महाशाखाको कार्यालय राखेर सहकारी संघ/संस्थाहरुको अध्ययन गरिरहेका छौं’, भन्नुभऐको थियो । उहाँले बागमती प्रदेशको सहकारी कार्यालय काठमाडौं उपत्यकामा स्थापना गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थिय‍ो ।

यसैगरी राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका उपाध्यक्ष तथा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्द साकोस अभियानलाई प्रतिकुल अशर गर्ने गरि अनपेक्षित रुपमा सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश आएको छ, साकोस अभियानलाई प्रतिकुल अशर गर्ने विषय समावेश भएको आफूलाई थाहा छैन भनेर सहकारी मन्त्री भन्नुहुन्छ । यो अध्यादेशलाई संशोधन गर्न राष्ट्रिय सहकारी महासंघले पहल गर्छ”, भन्नुभएको थियो । उहाँले बागमती प्रदेशको नियमन क्षेत्रभित्रका सबैभन्दा बढी सहकारी संघ/संस्था काठमाडौं उपत्यका र आसपासमा रहेकाले काठमाडौं उपत्यकामा बागमती प्रदेशको सहकारी कार्यालय खोल्न मन्त्री श्रेष्ठलाई अनुरोध गर्नुभएको थियो ।

यस्तै नेफ्स्कुनका सञ्चालक तथा कास्कूनका पूर्व बरिष्ठ उपाध्यक्ष नवराज अर्यालले साकोस अभियान विरोधी सहकारी सम्बन्धी अध्यादेश संशोधन नभएमा त्यस विरुद्ध संघर्षका लागि सहकारीकर्मीहरु तयार रहनु पर्ने बताउनुभएको थियो ।

साधारण सभामा बागमती प्रदेश सहकारी संघ लि.का लेखा सूपरीवेक्षण समिति संयोजक विकल्प पाठक, जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष सुमन के.सी., काठमाडौं महानगरपालिका सहकारी विभागका सहकारी नियमन शाखा प्रमुख सुशील सुवेदी र कास्कूनका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले सहकारीको आवश्यकता, महत्व र यसले सम्पादन गर्नु पर्ने कार्यको बारेमा चर्चा गर्दै कास्कूनलाई काठमाडौको सहकारी अभियानलाई थप शसक्त बनाउन सफलता मिलोस् भनी कामना गर्नुभएको थपयो ।

साधारण सभामा कास्कूनको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कास्कूनका अध्यक्ष पनेरूले “सहकारी सुशासन : प्रविधि र एकीकरण” भन्ने परिकल्पना साकार पार्न सहकारीपनको विकास , सामूहिक रुपमा जोखिम व्यवस्थापन तथा प्रविधिको उपयोगलाई सँगसँगै लैजाने विषय अगाडि सारिनु सकारात्मक विषयको रुपमा लिनु पर्दछ”, भन्नुभएको थियो । उहाँले बचत ऋण सहकारिता मार्फत आम सहकारीकर्मीहरुको आर्थिक तथा नेतृत्व विकास र सामाजिक रुपान्तरण सम्भव छ भन्ने विश्वासका साथ कास्कून अभियानको सुदृढीकरणको लागि काम गरेको २२औं वर्ष व्यतित भइसकेको बताउनुभएको थियो ।

साधारण सभामा कास्कूनकी कोषाध्यक्ष चेमाकुमारी पुरी ‘सीमा’ले कास्कूनको आर्थिक प्रतिवेदन र कास्कूनकी लेखा सुपरीवेक्षण समिति संयोजक अनिता अधिकारी थापाले कास्कूनको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रमा प्रतिनिधिहरु बीच छलफल गरि ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।

सोही संघकी उपाध्यक्ष विनिता अधिकारीले स्वागत मन्तव्य र महासचिव निरञ्जन सेढाईले सञ्चालन गरेको साधारण सभामा ज्ञानज्योति महिला उत्थान साकोस शंखमुललाइ कास्कून उत्कृष्ट साकोस सम्मान, सप्तदेव साकोस कपनलाई उत्कृष्ट व्यवसाय कारोबार सम्मान , कोसेली साकोस चावहिललाई अधिक बचत कारोबार सम्मान, गणेश हिमाल साकोस बनस्थलीलाई अधिक शेयर कायम सम्मान, राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका उपाध्यक्ष डी.बी. बस्नेतलाई कास्कून सहकारी अभियन्ता सम्मान, कास्कूनका निबर्तमान अध्यक्ष केशवप्रसाद दंगाललाई कास्कून वर्ष व्यक्ति सम्मान, कास्कूनका व्यवसाय सहायक अनुज मगरलाई उत्कृष्ट कर्मचारी सम्मान र सहकारी पत्रकार समाजका अधयक्ष काजी श्रेष्ठलाई कास्कून पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।

८६७ वटा साकोस कास्कूनका सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *