समाजवादी मोर्चाको नेतृत्व ४/४ महिनामा बदलिने

नेकपा (माके), जनता समाजवादी पार्टी नेपाल , नेकपा (एस) र विप्लव नेतृत्वको नेकपा रहेको समाजवादी म‍ोर्चाको बैठकले उक्त मोर्चाको नेतृत्व ४/४ महिनामा बदल्ने निर्णय गरेको जनाइएको छ । नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको त्यस बैठकले समाजवादी मोर्चामा आवद्ध दलहरुका जिल्ला स्तरसम्म मोर्चाको संयन्त्र बनाउने तथा आउदो साउन अन्तिम हप्ताबाट राजनीतिक कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *