काठमाडौं/ रुस र युक्रेन बीच युद्ध चलिरहेको बेला काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको दूताबासको अगाडिको भित्तामा हामी युक्रेनको पक्षमा छौं(we are with Ukrane) भनी लेख्न दिएको भन्दै नेपाली नागरिकहरुको असन्तुष्टिको स्वर सुनिएको छ । कुनै पनि देशको दूताबास या कुटनीति नियोको भित्तामा कुनै देशको पक्ष वा विपक्षमा यस्ता कुरा लेख्ने या लेख्न दिने कुराले समस्या उत्पन्न गर्ने उनीहरुको भनाई छ ।
यता गत हप्ता नेपाली प्रतिनिधिले संयुक्त राष्ट्र संघको महासभामा युक्रेनको पक्षमा मतदान गरेपछि धेरै नेपाली नागरिकहरुले उनको यो कार्य नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलको सिद्धान्त र असम्लग्न परराष्ट्र नीति विपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरेको देखिएको छ तर सरकार र सरकार समर्थकहरुले भने नेपालले संयुक्त राष्ट्र संघको महासभामा युक्रेनको पक्षमा मतदान गरेर राम्रो काम गरेको बताएका छन् ।