आईजीपी बढुवा बिरुद्धको रीटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं/ प्रहरी महानिरीक्षक बढुवा विरुद्धको प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रीट माथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दुबै तर्फका कानुन व्यवसायीहरुको सुनुवाई सकिएपछि न्यायधीश पुष्पलता माथेमाको इजालासले बढुवा भएका प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले काम शुरु गरी सकेकोले आन्तरिक आदेश दिन नपर्ने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ । सो इजालासले उक्त रीटको आउदो जेठ २० गते पेशी तोक्नुका साथै प्रहरी महानिरीक्षक बढुवाको निर्णय र महानिरीक्षक सिंहको व्यक्तिगत विवरणको फाइल झिकाउने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *