आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व , गाईजात्रा पनि आजै

काठमाडौं/ आज नेपालीहरुको सांस्कृतिक पर्व जनै पूर्णिमा र रक्षाबन्धन पर्व । आजैबाट पूर्णिमा तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज काठमाडौं उपत्यका , संखुवासभाको चैनपुर लगायतका स्थानमा नेवार समुदायले गाईजात्रा पर्व मनाउदै छन् भने मानिसलाई मारेर खाने गठमंगल राक्षसलाई भ्यागुतोको सहयोगमा ढुगा हानेर मार्न सफल भएकोले काठमाडौं उपत्यकामा भ्यागुतोको पुजा गर्ने चलन रहेको बताइएको छ ।

हिजो दिउसोबाट पूर्णिमा तिथि शुरु भएकोले पूर्णिमा तिथिमा ब्रत लिनेहरुले हिजै ब्रत बसेको बताएका छन् ।

आज विहानै नुहाईधुवाई गरी मन्त्रोचारण गरी जनैधारीहरुले नयाँ जनै फेरेका/ लगाएका छन् । यसैगरी विभिन्न मन्दिर लगायतका स्थानभा पहाडी समुदायका मानिसहरुले ब्राह्मणबाट हातमा रक्षाबन्धनको डोरो बाधिरहेका छन् भने तराईबासी समुदायमा भने दिदी बहिनीहरुले दाजुभाइलाई राखी बानी दिदैछन् । कतैकते पहाडी समुदायका कतिपय दिदीबहिनीले दाजुभाइलाई राखी बाधिदिएको पनि देखिएको छ ‌।

पूर्वी नेपाल सहितका बिभिन्न स्थानका हिन्दू-आर्य समुदायका मानिसहरुको हातमा ब्राहृमणले बाधिदिएको रक्षाबन्धनको धागोमा फुलको माला उनेर गाई तिहारमा गाईलाई माला लगाई दिने चलन छ तर सुदूर पश्चिममा भने यो चलन नरहेको क व्यवसायी बलवीर चन्दको भनाई छ । पूर्वी नेपाल सहितका विभिन्न स्थानमा बसोबास गर्ने मुडुला कार्कीहरुले पनि तिहारमा गाइ नपुज्ने भएकाले उनीहरुका हातमा ब्राह्मणले बाधिदिएको रक्षाबन्धनको डोरो आफै मक्किएर जाने चलन रहेको छ , व्यवसायी काजीमान कार्की बताउनुहुन्छ ।

आज बिभिन्न थरीका गेडागुडीको टुसा उम्रिएका क्वाटी बनाएर खाने चलन छ, जसले शरीरको सर्दी हट्ने विश्वास गरिन्छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *