आज बुद्ध जयन्ती मनाइदै

काठमाडौं/ आज शान्तिका अग्रदूत गौतम बुदृधको २५६६औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै छ । बुद्ध जयन्तीको अवसरमा सरकारले बिगतका वर्षहरुमा झैं आज सार्वजनिक बिदा दिएको छ ।

बैशाख पूर्णिमाका दिन कपिलबस्तुका शाक्य वंशी राजा शुद्धोधन र रानी मायादेवीका पुत्र सिदार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीमा जन्मेका थिए । बच्चैमा मातृ विहीन गौतम बुद्धको वाल्यकार तिलौराकोट दरबारमा बितेको थियो । तत्कालीन कपिलबस्तु गणराज्य र कोलिय गणराज्य बीच रोहिणी नदीको पानी बाँडफाँडको विषयमा विवाद हुदा आफ्ना पिता राजा रहेको कपिलबस्तु गणराज्य पट्टी ६० प्रतिशत र मावली गणराज्य कोलियपट्टी ४० प्रतिशत पानी बाँडफाड गरी समस्या समाधान गर्नु पर्ने विचार अभिव्यक्त गरेकाले मृत्यु दण्डसम्म हुने सक्ने अवस्था उत्पन्न भएकाले दरबार छाडेर हिँडेका गौतम बुद्धले कपिल ऋषि सहितका

विभिन्न ऋषि आश्रमहरुमा गएर अध्ययन पूरा गरेपछि बैशाख पूर्णिमाको दिन नै भारतको गयामा बुद्धत्व प्राप्त गर्नु भएको र त्यसपछि ज्ञान बाड्दै जाँदा ८० वर्षको उमेरमा भारतको कुशीनगरमा बुद्धको बैशाख पूर्णिमाकै दिन निधन भएको थियो ।

नेपाली धर्तीमा जन्मेर छुट्टै मौलिक दर्शनको विकास गरेका गौतम बुद्धका अनुयामीहरुका महायान, हिनायन (थेरबादी) र बज्रयान गरी अलग-अलग समूह छन् । संसारभर बुद्धका अनुयायीहरुको संख्या धेरै ठूलो छ । स्मरणीय के छ भने- मूर्ति पूजाको विरोध गरेका गौतम बुद्धको नाममा आज नेपाल सहितका विभिन्न देशमा ठूला-ठूला मूर्ति बनेका छन् ।

Leave a Reply