आज र भोलि प्री बजेटमाथि छलफल हुने

काठमाडौं/ मंगलबारबाट संघीय संसदको बजेट अधिवेशन शुरु भएको छ । मंगलबार अपरान्ह ४ बजे सौहार्दपूर्ण वातावरणमा शुरु भएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट विभिन्न मितिमा प्राप्त पत्र पढेर सुनाउनु भएको थियो । सोही बैठकमा विभिन्न समयमा नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी गरिएका ८ वटा अध्यादेश प्रस्तुत भए । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवाली लगायतले आफ्नो विचार प्रस्तुत गर्नु भएको उक्त बैठकमा आज र भोलि प्रतिनिधि सभाको बैठकमा प्री बजेटमाथि छलफल गर्ने कार्यसूची सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभयो ।

प्री बजेट माथिको छलफल सकेर यही जेठ ७ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरी संसदबाट पारित भएपछि त्यसैमा आधारित रहेर जेठ १५ गतेसम्ममा अर्थमन्त्रीले संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply