एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा विरोध प्रदर्शन

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), वैज्ञानिक कम्युनिष्ट पार्टी,नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बिरोध प्रदर्शन गरे । ती कार्यक्रममा उक्त दलहरुका नेताहरुले एमसीसी(MCC) सम्झौता अनुदान नभई मुलुकलाई थप उपनिवेश बनाउने उद्देश्यले आएको लगानी भएकोले राष्ट्रघाती छ, त्यसैले यसलाई खारेज गर्नु पर्ने बताएका थिए ।

यतिबेला एमसीसी(MCC) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भनेर विवाद भइरहेको छ । देशभक्त नेपालीहरुले यो सम्झौता खारेज हुनुपर्ने माग गरी यसको तीब्र बिरोध गरिहेको देखिएको छ ।

यता यो सम्झौता संसदमा टेवल हुने हो कि होइन भन्ने अन्यौल बढिरहेको बेला संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले भने यसलाई उक्त समितिको बैठकमा छलफल गर्ने बतानु भएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *