काठमाडौं/ एमसीसी(MCC) सम्झौताको विरोधमा संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ महिला संघले यही फागुन १५ गते संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता विरोधी संघर्षको रुपमा आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागेको जनाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला यूनियन , अखिल नेपाल महिला संघ (क्रान्तिकारी), वैज्ञानिक समाजवादी महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज दिउसो १२ बजे काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा संयुक्त कार्यक्रम गरी यो दिवस मनाउन लागेको अखिल नेपाल महिला यूनियनकी अध्यक्ष शशिकला घिमिरेको भनाई छ ।