काठमाडौं/ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन अत्यावश्यक काम परेर पास लिएका बाहेका सरकारी सवारी साधन काठमाडौंमा चल्न नदिने जनाएको छ । बिहीबार बसेको काठमाडौं जिल्लाको सुरक्षा समिति समितिको बैठकले सो निर्णय गरेको बताइएको छ । सार्वजनिक बिदाको दिन बिना पास काठमाडौंका सडकमा चल्ने सवारी साधन ट्राफिकले जफत गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।