काठमाडौं उपत्यकाका सडकमा फेरि फोहोर

काठमाडौं/ स्थानीय तहको निर्वाचन नजिक आईरहेको बेला काठमाडौं उपत्यकाकाका सडकमा पुन: थुप्रिन थालेको देखिएको छ । गत हप्ता सुरक्षाकर्मीहरुको सुरक्षा सहयोगमा काठमाडौं उपत्यकाका स्थानीय तहहरुले नुवाकोटको सिसडोलमा ल्याण्डफिल्डमा २ हप्तादेखि सडकमा थुप्रिएको फोहोर उठाएर फालेका थिए ।

स्थानीय तहको निर्वाचनको मुखमा सडकमा फोहोर थुप्रिनुले काठमाडौं उपत्यकाका स्थानीय तहहरुमा अब निर्वाचित हुने जनप्रतिनिधिहरुका लागि फोहोरको समस्याको दीर्घकालीन समाधान गर्नु पर्ने चुनौति रहेको सरोकारहरुवालाहरु बताउछन् । काठमाडौं उपत्यका भित्रका १८ वटै स्थानीय तह मिलेर फोहोरको दीर्घकालीन समाधान गर्नु पर्ने उनीहरुको माग छ ।

यता काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुका सबैजसो उम्मेद्वारले काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समाधान गर्ने र शहरलाई स्वच्छ, सुन्दर , हराभरा र सांस्कृतिक शहर बनाउने सबैजसो उम्मेद्वारहरुले मतदाता समक्ष प्रतिबद्धता जाहेर गरी मत मागिरहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *