क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमती

काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमती दिएको छ । नावालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त , गौसलामा यही असोज २० गतेदेखि प्रहरी हिरासतमा रहेका लामिछानेलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौं जिल्ला अदालत समक्ष अनुमती मागेको थियो भने लामिछानेका कानुन व्यवसायीले भने लामिछानेको बयान आधाउधी सकिएकोले उहाँलाई थप ३ दिन प्रहरी हिरासतमा राख्न माग गरेको लामिछानेका कानुन व्यवसायीले सञ्चारकर्मीलाई बताएका छन् । आज विहान सबेरै लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । अब कार्तिक १ गते प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने जनाइएको छ । यस अघि गत सोमबार प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई ७ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।

क्रिकेटर लामिछानेले आफू माथिको लागेको उक्त आरोप निराधार भएको बताउदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *