काठमाडौं / काठमाडौ उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएराती देखि लागू हुने गरी छुट्टाछुट्टै आदेश जारी गरेका छन् । जस अनुसार आउदो फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर काठमाडौं उपत्यका भित्र पनि विद्यालय र कलेजहरु सञ्चालन गर्न दिने भएको छ । सार्वजनिक यातायातका सवारी साधनमा सीट भन्दा बढी यात्रु राख्न नपाइने , यात्रुले पनि मास्क अनिवार्य लाउनु पर्ने र बेलाबेलामा हात धोइरहनु पर्ने उल्लेख छ भने मास्क लगाएर नआउनेलाई सम्बन्धित सेवा कार्यालय र संस्थाबाट सेवा प्रवाह नहुने तथा एक व्यक्ति र अर्को व्यक्ति बीचको दुरी दुई मीटर हुनु पर्ने, सार्वजनिक स्थलमा जाने व्यक्तिको साथमा कोभिड-१९ विरुद्धको खोप लगाएको खोप कार्ड या त्यसको फोटो मोवाइलमा हुनु पर्ने उल्लेख छ ।