गण्डकी सभ्यता बचाऔँ महाअभियानको उपाध्यक्षमा पौडेल

काठमाडौं / गण्डकी सभ्यता बचाऔँ महाअभियान नेपालको केन्द्रीय समितिको उपाध्यक्षमा समाजसेवी लेखनाथ पौडेललाई मनोनयन गरेको जानकारी प्राप्त भएको छ ।

बागलुङको बलेवा, अमलाचौरमा जन्मेका पौडेल हाल काठमाडौंको बनस्थलीीमा बसोबास गर्दै आएका छन् । उनी काठमाडौंको बालाजुमा रहेको ईको हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रबन्ध निर्देशक , आकृति ईन्भेष्टमेण्ट कम्पनी प्रा. लि.का अध्यक्ष , नेपाल ईन्भेष्टर्स संघको केन्द्रीय अध्यक्ष , नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल (Fedconl)का केन्द्रीय सदस्य , Adon का केन्द्रीय उपाध्यक्ष , माउण्ट धौलागिरी फाउण्डेशन अक्षय कोषका बिशिष्ट संस्थापक , लायन्स क्लब अफ काठमाडौं माउण्ट धौलागिरीका संस्थापक अध्यक्ष , Lci District 325 B1Nepal का वरिष्ठ सल्लाहकार र धौलागिरी समाज नेपाल काठमाडौंका बिशिष्ट संरक्षक तथा सल्लाहकार छन् । पौडेलले “गण्डकी सभ्यता बचाऔ महाअभियान” तथा “धौलागिरी समाज नेपाल” ले स्थापना गरेको “धौलागिरी अक्षय कोष ” मा रु. १,०१,०००/= (अक्षरूपी रु. एक लाख एक हजार) सहयोग गरेको जनाइएको छ ।

पौडेल गण्डकी सभ्यता बचाउ महाअभियान नेपालको केन्द्रीय समितिको उपाध्यक्ष पदमा मनोनयन भएकोमा पौडेललाई १७ वटा सामाजिक संस्थाहरु को तरफबाट गण्डकी सभ्यता बचाऔँ महाअभियान , नेपालका केन्द्रीय समितिका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेल र धौलागिरी समाज नेपालका केन्द्रीय समितिका अध्यक्ष केदारनाथ गौतमले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेका छन् ।



Leave a Reply