काठमाडौं/ शुक्रबार साँझ अर्थ मन्त्री जनार्दन शर्माको सिफारिसमा नेपाल सरकार, मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नर माहाप्रसाद अधिकारीलाई निलम्वन गरेसँगै त्यसबारेमा मिश्रित प्रतिक्रिया आएको देखिएको छ । संकटतर्फ अगाडि बढिरहेको मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने कार्यमा लागिरहनु भएका गभर्नर अधिकारीलाई हटाएको भन्दै नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आपत्ती व्यक्त गर्दै अर्थ मन्त्री शर्मा प्रति तिखो प्रहार गर्नु भएको छ । अध्यक्ष ओलीको सो विरोधलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेल लगायतले पनि समर्थन गर्नु भएको देखिएको छ ।
यता अर्थ मन्त्री शर्माले भने गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकको गोपनियता कायम नगरेको, मुद्रा स्फिर्ति रोक्ने कार्य नगरेको, सरकारलाई असहयोग गरेको जस्ता गर्न नहुने कार्य भन्दै अधिकारीलाई निलम्वन गरी उहाँ माथि छानविन गर्न शुरु गरेको बताउनु भएको छ । उहाँले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटो जादैछ भन्ने कुराप्रति अस्वीकार गर्दै श्रीलंकाले जस्तो आर्थिक संकट नेपालले भोग्ने अवस्था नआउने अभिव्यक्ति दिदै आउनु भएको छ । निलम्वित गभर्नर अधिकारीले भने बिलासी तथा अनुत्पादक जस्ता बस्तुको आयात नरोके देश आर्थिक संकटमा भन्दै त्यस्ता बस्तुको आयात रोक्नु पर्ने आवश्यकता माथि जोड दिदै आउनु भएको छ ।
यसैगरी सरोकारवालाहरुले पनि देशको अर्थतन्त्र संकटतर्फ अगाडि बढिरहेको बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्वन गर्ने कार्य ठीक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।