गाम्चा साकोसका सचिव विदुर खड्का वडा सदस्य निर्वाचित

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का सचिव विदुर खड्का १,७०३ मत प्राप्त गरी सूर्यविनायक नगरपालिकाको वडा नं.४ को खुल्लातर्फको वडा सदस्यमा निर्वाचित हुनुभएको छ । यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट खड्कासँगै सो वडामा महिला सदस्यतर्फ तारा सापकोटा र दलित महिलातर्फ पम्फा परियार निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी निर्वाचन आयोगले दिएको जानकारी अनुसार सोही वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका लघुराम न्यौपाने र खुल्लातर्फको वडा सदस्यमा नेपाली कांग्रेसका उज्ज्वल राजथला निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *