गोकर्णेश्वर नगरपालिका टाइफाइड बिरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आजबाट १५ महिनादेखि १५ वर्षसम्म उमेरका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको जनाएको छ । भोलिसम्म सञ्चालन हुने सो कार्यक्रममा वालवालिकाको उत्साहजनक सहभागिता रहेको उक्त नगरपालिकाले जनाएको छ । त्यसै नगरपालिका अन्तर्गतका ९ स्थानमा आज जसरी नै भोलि पनि विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म उक्त खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ । आजको त्यस खोप कार्यक्रममा सोही नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ती नेपाल लगायतका वडाका जनप्रतिनिधि , नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरी सञ्चालन गरिरहेको १५ देखि १५ वर्षसम्मका वालवालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने अभियान अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

…………………………………………………………………….

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

ओहो

Leave a Reply

Your email address will not be published. Required fields are marked *