चुनावमा साझा उम्मेद्वार बनाउने कोशिसमा ५ दलीय गठबन्धन

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चाको ५ दलीय सत्ता गठबन्धनले साझा उम्मेद्वार बनाउने कोशिस गरिरहेको जनाएको छ । प्रतिगमनको विरुद्ध ५ दलीय गठबन्धन निर्माण गरेको र यो गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम राख्नु पर्ने खाँचो रहेको गठबन्धनमा आवद्ध दलका नेताहरुले बताएका छन् ।

यता ५ दलीय गठबन्धनको केन्द्रमा आगामी स्थानीय तहको निर्वाचनमा तालमेल र सहकार्य गरेर चुनावमा मिलेर सँगै जाने निर्णय गरेपनि स्थानीय कार्यकर्ता तहमा भने समस्या देखिन थालेको छ । पालिकाहरुमा उम्मेद्वार छनौट गर्ने विषयमा ती दलहरु भित्र अन्तर्विरोध देखिन थालेको छ । एकातिर ती दलहरु भित्र उम्मेद्वार हुने आकाङ्क्षीको संख्या बढी हुँदा उनीहरुलाई आन्तरिक व्यवस्थापनमा समस्या परिरहेको छ भने अर्कातिर गठबन्धन भित्रका दलले पालिकाका मुख्य पदमा दावी गर्दा त्यसले झन समस्या बनाएको देखिएको छ ‌। यसलाई ठीक ढंगबाट समाधान हुन सकेन भने पछिल्लो समय विभाजन हुनबाट जोगिएको नेपाली कांग्रेस भित्र विभाजन रेखा कोरिन सक्ने खतरा देखिएको कतिपय राजनीतिक शास्त्रका जानकारहरुको भनाई छ । स्थानीय तहमा उम्मेद्वार छनौटमा विवाद बढ्दै जाँदा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल भने सबै ठाउँमा सहमती हुनैपर्छ भन्ने नरहेको बताउनुहुन्छ । सोही दलका नेता नारायणकाजी श्रेष्ठ भने आफ्नो दल गठबन्धनका नाममा लतारिएर सहमती गर्ने पक्षमा नरहेको बताउदै आउनु भएको छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply