काठमाडौं / आउदो जेठदेखि शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रीपरिषदको निर्णय गरेको जानकारि दिनु भएको छ । हप्तामा २ दिन सार्वजनिक बिदा हुने भएसँगै दैनिक कार्यालय समय १ घण्टा थप हुने उहाँको भनाई छ । जस अनुसार जेठ १ गतेदेखि कार्यालय समय विहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम हुने बताइएको छ । पेट्रोलियम पदार्थको कपन घटाउने उद्देश्यले नेपाल आयल निगम लि.को सल्लाहमा परिक्षणको रुपमा यो सार्वजनिक बिदा दिने निर्णय गरिएको बताइएको छ ।
यसबेलासम्म आइतबारदेखि बिहीबारसम्म कार्यालय समय विहान १०:०० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार विहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म रहदै आएको छ भने हरेक वर्षको कार्तिक १६ गतेदेखि माघ १६ गतेसम्म भने आइतबारदेखि बिहीबारसम्म विहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म र शुक्रबार विहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म कार्यालय समय रहदै आएको छ ।
यस अगाडि २०५६ सालमा बनेको नेपाली कांग्रेसको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पनि शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको थियो तर लगातारको दुई दिनको सार्वजनिक बिदा पटृयार लाग्दो र अनुत्पादक भएको साथै सो बिदाका कारण सेवाग्राहीलाई समस्या भएको भन्दै त्यसको चर्को विरोध भएपछि छोटो समयाबधिमै हप्तामा दुई दिनको सटृटा १ दिन शनिबार मात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।