काठमाडौं/ नेपाल राष्ट्र बैंकका निलम्वित गभर्नर माहाप्रसाद अधिकारीले आफूलाई कानुन विपरीत गभर्नर पदबाट निलम्वन गरेको भन्दै न्यायको लागि सर्वोच्च अदालतमा आइतबार रिट दायर गर्नु भएको छ । आवश्यक जाँचबुझ पछि उहाँको सो रिट सर्वोच्च अदालतमा दर्ता भएको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।
सरकारलाई असहयोग गरेको भन्दै अर्थ मन्त्री जनार्दन शर्माको सिफारिसमा नेपाल सरकार, मन्त्रीपरिषदले यही चैत्र २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्वन गर्नुका साथै छानविन समिति बनाएर उहाँ माथि छानविन गरेको जनाइएको थियो । यता सरकारले कानुन विफरीत अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको प्रति पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विरोध गर्नु भएको थियो । उता अर्थ मन्त्री शर्माले भने अर्थ मन्त्रालयको सल्लाहकार भएर पनि नेपाल रिष्ट्र बैंकका गभर्नर अधिकारीले वित्तीय व्यवस्थापनमा अर्थ मन्त्रालयलाई असहयोग गरेको भन्दै निलम्वित गभर्नर अधिकारीप्रति तिखो विरोध गर्नु भएको थियो ।
गभर्नर अधिकारी निलम्बनमा परेसँगै नेपाल राष्ट्र बैंकको नेतृत्व निमित्त गभर्नरबाट भइरहेको छ ।
…. ……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।