नेकपा (माके)का सांसद गंगा कार्कीलाई पितृशोक

दोलखाबाट संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेको नेकपा (माके)का सांसद गंगा कार्की ‘विश्व’लाई पितृशोक परेको छ । सांसद कार्कीका पिता टेकबहादुर कार्कीको ८० वर्षको उमेरमा आज निधन भयो । दिवंगत कार्कीको पार्थिव शरीरमा राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालका साथै नेकपा (माके)का नेताहरु गिरिराजाणि प‍खरेल, हितबहादुर तामाङ, हितमान शाक्य लगायतले श्रद्धाञ्जली दिएका थिए । दिवंगत कार्कीको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरियो सांसद गंगा कार्कीले दिवंगत पिताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-१, जुगु स्थायी घर भएका दिवंगत पिता टेककहादुर कार्कीको काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा अर्बुद (क्यान्सर) रोगको उपचार चलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *