नेपाल पत्रकार महासंघ,काठमाडौं शाखाका सदस्य कमल राईको निधन

काठमाडौं/ नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सदस्य कमलराज राईको बिहीबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मिलनसार स्वभावका राई नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सदस्य पदमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो । खम्वुवानपत्र मासिकमा समेत रहेर काम गर्नु भएका उहाँ प्रभाव राष्ट्रिय दैनिकको सम्पादक हुनुहुन्थ्यो ।

पत्रकार राईको निधनप्रति नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा, प्रभाव राष्ट्रिय दैनिक परिवार , अलगपथ परिवार लगायतले शोक प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *