काठमाडौं/ यही चैत्र १९ गते सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ गठबन्धन निकट संयुक्त प्यानल विजयी भएको छ । निर्वाचन समितिले आज दिउसो २:४५ बजे सार्वजनिक गरेको चुनावी नतिजा अनुसार अध्यक्ष पदमा संयुक्त प्यानलका गोपालकृष्ण घिमिरे ४,४७४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी प्रगतिशील प्यानलका विष्णुमणि अधिकारीले २,४८२ मत प्राप्त गर्नु भएको थियो । नेपाल बार एसोसिएशनको उपाध्यक्षमा- प्रदेश नं.बाट सुरज खत्री , मधेश प्रदेशबाट सुधिरकुमार कर्ण, बागमती प्रदेशबाट हर्कबहादुर रावल , गण्डकी प्रदेशबाट बीरेन्द्र के.सी., लुम्बिनी प्रदेशबाट पशुपति भण्डारी, कर्णाली प्रदेशबाट उत्तम प्रसाद आचार्य , सुदूर पश्चिम प्रदेशबाट तुलाराम गिरी र महिला खुल्लाबाट आशा राई , महासचिवमा अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी हुनुभएको छ । यसैगरी सदस्यमा दलिततर्फबाट विनिता नेपाली , सदस्यमा मधेशी/मुस्लिम काठमाडौं उपत्यका बाहिरबाट किरणकुमारी शाह, सदस्यमा मधेशी/मुस्लिम खुल्लाबाट नरेशकुमार शाह , सदस्यमा आदिबासी/ जनजाती काठमाडौं उपत्यका बाहिरबाट नारायणदास राई , सदस्यमा आदिबासी/ जनजाती खुल्लाबाट रुपबहादुर सारु , महिला सदस्यमा काठमाडौं उपत्यका बाहिरबाट सीता पौड्याल , महिला सदस्य खुल्लाबाट शर्मिला थापा विष्ट , सदस्यमा काठमाडौं उपत्यका बाहिरबाट जीतेन्द्रबहादुर मडै र सदस्यमा खुल्लाबाट भरतकुमार लकाई , देवीप्रसाद कोइराला ,निर्भयराज पौडेल, सन्तोषकुमार राउत , गुणराज आचार्य र सन्तोष तिवारी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल बार एसोसिएशनको उक्त निर्वाचनमा कुल ९,७०८ मातादातामध्ये ७,४२९ जनाले मतदान गर्नु भएको थियो ।