पत्रकारितामा हिरो रविन्द्र मिश्र राजनीतिमा बिचरा

ललितपुर / आफ्नो कर्मले पत्रकारिता जगतमा उचाई बनाएर हिरो बनेका रविन्द्र मिश्र राजनीतिमा भने जिरो देखिएका छन् । वीवीसी नेपाली सेवाको जागीर छाडेर आफ्नो नेतृत्वमा साझा पार्टी निर्माण गरी नेपाली राजनीतिमा छिरेका मिश्रलाई नेपाली राजनीतिमा कतिपय मानिसहरुले आशाको नजरले हेरेका पनि थिए । उनी सहितको प्रयत्नमा साझा पार्टी र विवेकशील पार्टी बीच एकता भएर विवेकशील साझा पार्टी बनेपछि सो पार्टी र त्यसका अध्यक्ष मिश्रको चर्चा चल्न थाल्यो । यही क्रममा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विवेकशील साझा पार्टीका उम्मेद्वार मिश्र काठमाडौं क्षेत्र नं.१ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए भने उनको दलले बागमती प्रदेश सभामा समानुपातिक मतबाट ३ सीट जितेको थियो । तर उनको राजनीतिक यात्रा एकनासको रहेन । समय बित्तै जाँदा मिश्र अग्रगमनको सट्टा पश्चगमन तिर लागेको उनका सहयोद्धाहरुबाट बिरोध हुन थाल्यो । उनी २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलनबाट प्राप्त उपलब्धीको विपक्षमा खडा भएको भन्दै उनको पार्टी भित्र झगडा शुरु भयो । जसका कारण क्रमश: उनका सहयोद्धा र सहयोगीहरुले उनको साथ छाढ्दै गए भने झगडाका कारण उनी नेतृत्वको विवेकशील साझा पार्टीको कार्यालय , बखुण्डोल, मंगलबारबाट अनिश्चित कालका लागि बन्द छ । त्यसैगरी उनका पूर्व सहयोद्धा मिलन पाण्डेले विवेकशील साझा पार्टीमा आफ्नो दावी रहेको भन्दै मिश्र विरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत हालेका छन् । हिजो पत्रकारको जिम्मेवारीमा रहँदा उनले अरुलाई सोध्ने गरेका तीखा प्रश्न र सवाल अहिले उनी स्वयम् तिर सोझिएको देखिएको छ । राजनीतिमा बिचारा बन्दै गएका मिश्रलाई औंल्याउदै कतिपय जानकारहरु भने आफूले जानेको कुनै एउटा क्षेत्र सफल देखिएको व्यक्ति अर्को क्षेत्रमा त्यसैगरी सफल नहुदो रहेछ भन्ने त रविन्द्र मिश्रबाट देखिएको बताउछन् । यद्यपि मिश्र राजनीतिमा क्रियाशील रहेकोले अहिले नै उनको बारेमा ज्यादा टिप्पणी गर्नु अलि हतारो नहोला भन्न भने सकिदैन ।

Leave a Reply