पोखरा/ कलाकार समीक्षा अधिकारीले नायक पल शाह उर्फ पूर्ण विक्रम शाहले आफू माथि करणी नगरेको भनी अदालतमा बयान दिएको बताइएको छ । यसबाट पल – समीक्षा प्रकरणले नयाँ मोड लिएको जानकारहरुको भनाई छ । नावालिका समीक्षा अधिकारीसँग यौन सम्बन्ध राखेको आरोपमा नायक पल शाह प्रहरी हिरासतमा छन् । उनी माथि तनहुँ र बर्दघाट-सुस्ता पूर्वको नवलपरासी जिल्ला अदालतमा सो विषयको मुद्दा विचाराधिन छ । नायक पल शाहले पनि आफूमाथि वादी समीक्षा अधिकारीसँग यौन सम्बन्ध रहेको भन्ने विषयलाई अस्वीकार गर्दै आएका छन् । उनका समर्थकहरुले पनि पल शाह निर्दोष रहेको तर केही व्यक्तिहरुले षडयन्त्र गरेर उनलाई फसाउन खोजेको बताउदै आएका छन् ।
वादी समीक्षा अधिकारीले जे जस्तो बयान दिएपपनि सरकारी वकील कार्यालयले भने प्रतिवादी पल शाहले वादी नाबालिका समीक्षा अधिकारिसँग यौन सम्बन्ध राखेको विवरण सहितको मिसिल तयार गरेर अदालतमा पेश गरेको समाचार श्रोतले जनाएको छ ।
गायिका समीक्षा अधिकारीसँग यौन सम्बन्ध राखेको विषयलाई लिएर नायक पल शाहलाई प्रहरी हिरासतमा राखेको विषयमा समर्थन र विरोध भइरहेको छ । यसको समर्थन गर्नेहरुले भने पल शाहले बद्मासी गरेकाले उनी माथि कडा कारवाही हुनु माग गरेका छन् तर यसको विरोध गर्नेहरुले भने प्रतिवादी पल शाह निर्दोष भएकाले उनलाई सफाई दिनु पर्नेमा जोड दिएका छन् । यता धेरै मानिसहरुले भने यो विषयको राम्रोसँग छानविन गरी यसको वास्तविक दोषी उपर कडा कारवाही गर्नु पर्ने र यस्ता घटना सकेसम्म दोहोरिन नदिने गरी सरोकारवाला पक्षले कार्य गर्नु पर्नै खाँचो औंल्याएका छन् ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।