पहिला संसदीय चुनाव कि स्थानीय तहको चुनाव भन्ने अलमलमा सत्ता गठबन्धन

काठमाडौं/ सरकारले एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भनेर आगामी बैशाख ३० गते उक्त चुनावको मिति तय गरेको छ र निर्वाचन आयोग पनि सो निर्वाचनको तयारीमा लागेको देखिएको छ तर सत्ता गठबन्धन भने पहिला संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको चुनाव गर्ने कि स्थानीय तहको चुनाव गर्ने भन्ने अलमलमा रहेको देखिएको छ । बिहीबार सत्ता गठबन्धनको बैठकमा प्रतिनिधि सभाको विघटन गरी चुनावमा जानु पर्ने विषय नेताहरुले अगाडि सारेको विषय बाहिरिएपछि सत्ता गठबन्धनमा आवद्ध दलहरु संसदीय चुनाव अगाडि स्थानीय तहको चुनाव गर्ने मनस्थितिमा रहे जस्तो देखिएको छैन । जसका कारण राजनीतिक दलहरुका गतिविधि सो स्थानीय तहको निर्विचन केन्द्रित रहेको अनुभूति हुन सकेको छैन ।

स्थानीय तहको चुनावमा ६ दलले मात्रै आफ्नो चुनाव चिन्ह पाउने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलले मात्रै आफ्नो चुनाव चिन्हको माध्यमबाट निर्वाचनमा भाग लिन पाउने जनाएका छ । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका ११० मध्ये ८० वटा दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिने उद्देश्यले निर्वाचनमा आयोगमा निवेदन दिएको जनाइएको छ तर ती

मध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके), जसपा , नेकपा (एस) र लोसपाले मात्रै आफ्नो चुनाव पाउने र बाँकी दलहरुका उम्मेद्वारले स्वतन्त्र उम्मेद्वारले पाउने चुनाव चिन्हको आधारमा चुनाव लड्नु पर्ने निर्वाचन आयोगको भनाई छ । स्थानीय तहको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा आवेदन दिएका दलहरुले आफ्नै चुनाव चिन्हबाट उक्त चुनावमा भाग लिन पाउनु पर्ने माग गरेका छन् तर निर्वाचन आयोगका अधिकारीहरु भने ‘बर्तमान ऐन/कानुनमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका उम्मेद्वारले मात्रै स्थानीय तहको निर्वाचनमा आफ्नो दलको चुनाव चिन्ह पाउन सक्छन् । यदी ऐन/किशुन संशोधन भएमा मात्रै सोही अनुरुपको नयाँ व्यवस्था गर्न सकिने’ बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *