पेट्रोलियम पदार्थको कृतिम अभाव र कालाबजारीले यातायातका साधन सञ्चालनमा समस्या

काठमाडौं/ बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव र कालाबजारी देखिएको छ । जसले गर्दा यातायातका साधनहरु सञ्चालनमा समस्या उत्पन्न भएको छ । धेरैजसो पम्पहरुबाट पेट्रोल र डिजेल नपाउदा यातायातका साधनहरुमा मारमा परेका छन् । थोरै पम्पहरुबाट मात्रै पेट्रोल र डिजेल बिक्री भएकाले त्यहाँ सवारी साधनहरुमा तेल हाल्न लाइनमा बस्नु परेको छ । यातायातका साधन जसरी पनि चलाउनै पर्ने बाध्यताका कारण कतिपय यातायात व्यवसायीहरुले ब्ल्याकमा महङ्गो मुल्यमा तेल किनेर हाली आफ्ना यातायातका साधन सञ्चालन गर्न बाध्य भएको बताएका छन् । काठमाडौंको रिङरोडमा गुड्ने महानगर यातायातका एक बसका सह-चालकले ब्ल्याकमा महङ्गोमा तेल किनेर बस सञ्चालन गर्नु परेको अलगपथसँग आज गुनासो पोखेका थिए ।

पेट्रोल र डिजेल अभावकै कारण धेरैजसो पठाओका सवारी साधन पनि यात्रीले बोलाउदा आउन मान्न छाडेको काठमाडौंको ट्रिटन इण्टरनेशनल स्कूली शिक्षक सीता निरौलाको भनाई छ ।

यता सरकारले भने बजारमा पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य बस्तुमा कृतिम अभाव र कालाबजारी हुँदापनि थाहा नपाएजस्तो गरेको भन्दै सरोकारवालाहरुले आक्रोस व्यक्त गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *