पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिले जनजीवन प्रभावित

काठमाडौं/ नेपाल आयल निगम लि.ले गरेको पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिले जनजीवन प्रभावित भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँगै बजारभाउ थप उकालो लाग्ने निश्चित छ । यसले विपन्न आर्थिक अवस्थाका परिवारको जीवन झन कष्टकर बनेको छ ।

गएको मध्यरातदेखि लागू हुने गरी बुधबार एल.पी. ग्याँसमा रु.२५ तथा पेट्रोल, डिजेल र मट्टितेलमा रु.५ मुल्य बृद्धि भएको थियो । मुल्य बृद्धिसँगै आजदेखि बजारमा एल.पी. ग्यासको प्रति सिलिण्डर मुल्य रु.१,६००, पेट्रोल र डिजेल प्रति ली.रु.१६० र मट्टितेलको प्रति ली. मुल्य रु.१४३ पुगेको बताइएको छ ।

पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिको विरोध

पेट्रोलियम पदार्थको पुन: मुल्य बृदि भ एसँगै त्यसको चौतर्फी आलोचना र विरोध भएको छ । उक्त मुल्य बृद्धिको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की, पिपुल्स फोर्सका अध्यक्ष दीपक थापा, अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई , अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल

, अखिल महिला यूनियनकी नेतृ शारदा श्रेष्ठ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशी, अखिल नेपाल ट्रेड यूनियनका नेता राजकुमार थापा लगायतले विरोध गर्दै पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिई त्यसको विकल्प खोज्न र बजारभाउ नियन्त्रण गरी जनजीवन सहज बनाउन सरकारलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *