प्रहरी महानिरीक्षकमा सिंह र अर्याल , एआईजीद्वय पोखरेल र थापा असन्तुष्ट

काठमाडौं/ नेपाल सरकार, मन्त्रीपरिषदले आज नेपाल प्रहरीको रिक्त महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र भोलिदेखि रिक्त हुने ससस्त्र प्रहरी बलको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । २०५४ सालमा प्रहरी सेवा प्रवेश गरेका अर्यालले २०८३ सालसम्म ४ वर्ष ससस्त्र प्रहरी बलको नेतृत्व गर्नु हुने बताइएको छ ।

बडुवा भएका दुबै प्रहरी संगठनका महानिरीक्षकद्वय सिंह र अर्यालले संविधान र ऐन/कानुन र नियमभित्र रही विधि र पद्धतिको पालना गरेर आफूले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने र प्रहरी संगठनलाई थप प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ‌‌।

उता वरियतामा कनिष्ठ सिंह नेपाल प्रहरी महानिरीक्षक बनेको भन्दै फेरि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक द्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले असन्तुष्टि जनाउनु भएको छ । महानिरीक्षकमा बढुवाप्रति असन्तुष्ट पोखरेल र थापा अदालत जाने तयारीमा रहेको बताइएको छ । महानिरीक्षकद्वय सिंह र अर्याल यसै महिना नायव प्रहरी महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको थियो ‌‌। सिंहलाई प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्दा पनि बरियता मिचेको भन्दै उहाँका समकालीन प्रहरी नायव महानिरीक्षकहरुले असन्तुष्टि जनाएका थिए ।

मन्त्रीपरिषदले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका विश्वराज पोखरेललाई पूर्ववर्ती ओली सरकारले शैलेश थापा क्षत्री पछिको नेपाल प्रहरी महानिरीक्षकको एक्लो दावेदार बनाउने उद्देश्यले बरियता मिचेर प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै पोखरेलका समकालीन प्रहरी नायव महानिरीक्षकहरुले त्यसबेला असन्तुष्टि जनाएका थिए ।

यस अगाडि शैलेश थापा क्षेत्री नेपाल प्रहरी महानिरीक्षक भन्दा उहाँका समकालीन अतिरिक्त प्रहरी महानिरीक्षकले उहाँलाई साथ र सहयोग गरेपनि त्यस अगाडि हरेक पटकजसो सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बढुवा गर्दा बरियता मिचेको भन्दै महानिरीक्षकमा बढुवा हुन नसकेका प्रतिस्पर्धी उच्च प्रहरी अधिकारी बाहिरिदै आएका थिए ।

Leave a Reply