काठमाडौं/ मुल्य बढेपनि आज पनि बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । ग्यास डिलरहरुले ग्याँस डिपोलाई ग्यास उपलब्ध नगराएपछि आज पनि उपभोक्तालाई ग्याँस उपलब्ध गराउन नसकेको काठमाडौंको कोटेश्वर स्थित एक ग्याँस डिपोका सञ्चालकले बताएका छन् । नेपाल आयल निगम लि.ले आजदेखि लागू हुने गरी खाना पकाउने एल.पी. ग्याँसमा प्रति सिलिण्डर रु.२५ तथा पेट्रोल, डिजेल र मट्टितेलमा प्रति ली.रु.५ मुल्य बृद्धि गरेको जनाएको छ । सो मुल्य बृद्धिको चौतर्फी विरोध भएको छ ।