लामो समयदेखि फोहोर नउठ्ता पुन: महामारी फैलिने त्रासमा काठमाडौं महानगरबासी

महामारीको रुपमा फैलिएको डेंगुले सताइरहेको बेला बडादशैं यता काठमाडौं महानगरपालिकाले फोहोर नउठाउदा काठमाडौं महानगरबासीमा पुन: महामारी फैलिने हो कि भन्ने त्रास उत्पन्न भएको देखिएको छ । बडादशैंयता फोहोर लिन महानगरपालिकाको गाडी नआएको कोटेश्वरबासीहरुको भनाई छ । घरमा थुप्रिएको फोहोर राख्ने ठाउँ छैन , फोहोर गनाएर बस्न गाह्रो हुन थाल्यो उनीहरुको भनाई छ ।

काठमाडौं महानगरपालिकाले गत साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर अलग-अलग जम्मा गरेर उठाउने भनेपनि त्यो कुरामै सिमित भएको छ । यता कुहिने फोहोर छुट्टै संकलन गरी त्यसबाट मल उत्पादन गर्नु पर्ने आवाज उठिरहेको छ ।

काठमाडौं उपत्यकामा डेंगुका विरामी बढैपनि डेंगु नियन्त्रण गर्न राज्यका तीन तहमध्ये कुनै सरकारले पनि कार्य नगरेको स्थानीयबासीहरु बताउछन् ।

Leave a Reply