भक्तपुर/ बुधबार अपरान्ह ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका क्रममा श्रीमती शोभा प्रधानको असामयिक निधन भएपछि यतिबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र उहाँको परिवार शोकमा छ । पूर्व शिक्षिका समेत रहेकी शोभा प्रधानको निधनप्रति नेपाल मजदुर किसान पार्टीले शोक प्रकट गर्दै शोकाकुल परिवारमा समबेदना व्यक्त गरेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पनि दिवंगत शोभा प्रधानको निधनप्रति शोक प्रकट गर्दै शोकाकुल नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे तथा उहाँको परिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । त्यस्तै विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले पनि दिवंगत शोभा प्रधानको निधनमा शोक प्रकट गरेका छन् ।
वि.सं.२०१७ पुस १४ गते रामेछापमा जन्मेकी शोभाको वि.सं. २०४० मंसिर १७ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेसँग विवाह भएको थियो । शिक्षण पेशामा रहेकी विवाह पछि नेमकिपा अध्यक्ष बिजुक्छेको राजनीतिक सारथि पनि बन्नु भएको थियो । । दिवंगत शोभा प्रधानका पति तथा दुई छोरा डा. सुवेदी र सुवान छन् ।