गत भदौ ५ गते राती नाबालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई आउदो आइतबार अनुसन्धानको प्रतिवेदन सहित उपस्थित गराउने गरी थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई आज तेश्रो पटक अनुमती दिएको छ । आज नेपाल प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्ने अनुमती मागेको नेपाल प्रहरीले जनाएको छ ।
क्रिकेटर लामिछाने माथि गत असोज २० गतेदेखि नेपाल प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । । यता सन्दीप लामिछानेबाट बलात्कार भएकी भनिएकी युवती भने माइती नेपालमा रहेको जनाइएको छ । उनलाई प्रहरीले माइती नेपाललाई जिम्मा लगाएको माइती नेपालले जनाएको छ ।