सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता , १२ वर्ष जेल सजाय हुनु पर्ने माग

नावालिकालाई बलात्कार गरेको आरोप खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १२ वर्ष जेल सजायको मागदावी गरी लामिछाने विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको बताइएको छ । उक्त मुद्धामा पीडितलाई क्षतिपूर्तिको माग पनि गरिएको बताइएको छ । सो मुद्धाको थप प्रक्रियागत कार्य भने भोलिबाट मात्रै अगाडि बढ्ने काठमाडौं जिल्ला अदालत श्रोतले जनाएको छ ।

आफू माथि नावालिकालाई बलात्कार गरेको आरोपमा गत असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसालामा प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूमाथि लागेको नावालिकालाई बलात्कार गरेको भनी लागेको आरोपलाई अस्वीकार गर्दै आउनु भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान लामिछानेलाई गत असोज २० गतेदेखि यता ४ पटक काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *