स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी रीट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं/ यस अगाडि आफ्नै रजिष्टारले दरपीठ गरेको स्थानीय तहका पदाधिकारीहरुको पदावधि सम्बन्धी रीट दर्ता गर्न आज सर्वोच्च अदालतले आदेश जारी गरेको छ । स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी विवाद भएपछि संविधान र कानुनमा भएको व्यवस्था व्याख्याका लागि गत माघ २६ गते परेको रीट सर्वोच्च अदालतका रजिष्टारले दरपीठ गर्नु भएको थियो । उक्त दरपीठ विरुद्ध भंगाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार शाहले सर्वोच्च आदिलतमा निवेदन दिनु भएको थियो । सो निवेदन माथि वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बहस गर्नु भएको थियो । त्यस उपर बहस सकिएपछि सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले उक्त निर्णय गरेको हो ।

Leave a Reply