जनकपुरधाम/ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको मिति पर सरे देश समस्यामा फस्ने भएकोले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । आज जनकपुरधाममा आयोजना भएको कायक्रममा बोल्दै उहाँले ‘निर्वाचन आयोगले यही वर्ष प्रदेश, संघ तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी तयारी गरिरहेको छ,’ भन्नुभयो ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
……………………………………………………………………..
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले आफ्नो दललाई स्थानीय तहको चुनावमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरिरहेको बेला प्रमुख आयुक्त थपलियाको यो अभिव्यक्तिलाई महत्वका साथ लिएको कतिपय जानकारहरुको भनाई छ ।
त्यस अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन आयोगले जारी गरेको चुनावी आचार संहिता सबैले इमान्दारीपूर्वक पालना गर्नु पर्ने बताउनुभयो ।
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रमको स्वरुप परिवर्तन
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको स्वरुप परिवर्तन गरेको जनाएको छ । बिगतका चुनावमा जसरी निर्वाचन आयोगले यो पटकको निर्वाचनमा घरघरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएको छ । वि.सं.२०७४ सालमा सम्पन्न निर्वाचनमा घरघरमा गरिएको मतदाता शिक्षा कार्यक्रम त्यत्ति प्रभावकारी नभएकोले यस पटक मतदाता शिक्षा कार्यक्रमको स्वरुप परिवर्तन गरी सञ्चार माध्यमहरुबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै बढ्दै छ खर्च
यस पटक पनि स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा चुनावमा भाग लिने राजनीतिक दलहरुका नेता कार्यकर्ताहरुको दौडधुपसँगै उनीहरुको खर्च पनि बढेको देखिएको छ तर उक्त खर्चको श्रोत भने पारदर्शी हुन नसकेको कतिपय राजनीतिक विश्लेषकको भनाई छ ।
यता स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावमा विभिन्न पदमा उम्मेद्वार सिफारिस भएका व्यक्तिहरुले आफ्नो पक्षमा माहोल निर्माण गर्न ठुलै परिमाणमा खर्च गर्ने क्रम शुरु गरेका समाचार प्राप्त भएका छन् । जसका कारण होटल तथा रेष्टुरामा माछा, मासु, मध्यपान लगायतका सामाग्रीको विक्री बढेको देखिएको छ । जुन खर्चको विवरण देख्ता स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म निर्वाचन आयोगले उम्मेद्वारको लागि तोकेको खर्चको सीमा भन्दा धेरै माथि पुग्ने देखिएको छ । यसबाट निर्वाचन आयोग सामू स्थानीय तहको निर्वाचन निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गर्ने कार्यमा चुनौति देखिएको छ । .
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।