काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उम्मेद्वार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उम्मेद्वार बन्न बहाल रहेको पदबाट राजिनामा दिनु पर्ने सहितको विषय समेटिएको चुनावी आचार संहिता जारी गरेपछि त्यसप्रति असन्तुष्ट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त आचार संहिता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट आज सर्बोच्च अदालतका न्यायधीश बलराम के.सी. र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालासले खारेज गरेपछि सो अवस्था निर्माण भएको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि जारी भएको चुनावी आचार संहिता पालना गर्न सबैलाई अनुरोध गरेको छ ।

……………………………….. …….. …………………………..