२२ वर्ष बित्य‍ो तर नारायणहिटी हत्याकाण्ड अझै रहस्यमा

तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन शाह, अधिराजकुमारी श्रुति राणा, पूर्व अधिराजकुमार धीरेन्द्र शाह, कुमार खड्ग विक्रर शाह लगायतक‍ो ज्यान जाने गरि नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २२ पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुका राजपरिवार र उनीहरुका नातेदार गरि २१ जनाको सहभागी हुँदै गर्दा भएको उक्त काण्ड अझै रहस्यमय छ । सो हत्याकाण्डको समाचार सबै भन्दा पहिला विदेशी सञ्चार माध्यमले प्रकाशन/प्रशारण गरेका थिए । नारायणहिटी दरबारको गेट र पर्खाल वरिपरि सुरक्षाकर्मीले पहरा दिएपनि नारायणहिटी दरबार भित्र गोली चलेर रक्तपात मच्चिएको यो घटनाको छानविन गर्न तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय अध्यक्ष तथा सभामुख तारानाथ रानाभाट र प्रतिनिधि सभाका विपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको जाँचबुछ आय‍ोग तत्कालीन सरकारले बनाएको थियो तर तत्कालीन नेकपा (एमाले)का (एमाले)का महासचिव तथा वियक्षी दलका नेता माधवकुमार नेपालले त्यस आय‍गको सदस्य बन्न अनिच्छा प्रकट गरेर राजीनामा दिएकाले त्यो आयोग दुई सदस्य बनेको थियो । त्यस दुई सदस्यीय जाँचबुझ आय‍‍ोगले उक्त हत्याकाण्डको तत्कालीन युवराज दीपेन्द्रलाई दोषी देखाएको थियो तर तत्कालीन युवराज दीपेन्द्र शाहले ग‍ोली चलाएर उक्त हत्याकाणड भयो भनेर कसैले पनि विश्वास गरेको देखिएको छैन र सो आय‍गक‍ो दोषी भनेका तत्कालीन युवराज दीपेन्द्रलाई द‍ोषी पुष्टि गर्न सक्ने आधार नदेखिएको जानकारहरु बताउछन्

यता तत्कालीन युवराज दीपेन्द्र शाहलाई यस हत्याकाण्डको अपराधी पुष्टि गर्न तत्कालीन शाही सेनाका उच्त पदस्थ व्यक्तिहरु विवेक शाह, रुक्मामाङ्गत कट्वाल तथा लेखक कनकमणि दीक्षित लगायतले पुस्तक लेखे तर तिनीहरुले आफ्ना पुस्तकमा तत्कालीन युवराज दीपेन्द्र शाहको बारेमा नकारात्मक चर्चा गरेपनि तिनै दीपेन्द्रले ग‍ोली चलाएर सो हत्याकाण्ड भएको भन्ने आफूले अरुबाट सुनेको मात्रै हो भनेर उल्लेख गरेका छन् ।

स्मरणीय कुरा के छ भने – यो घटनामा तत्कालीन ज्ञानेन्द्र शाहक‍ो परिवार लगायत जीवितै थिए । त्यो बेला तत्कालीन अधिराजकुमारी कोमल शाहको हातमा च‍‍ोट लागेेको बताइएको थियो ।

नारायणहिटी हत्याकाण्ड भएको केही समयपछि पूर्व अधिराजकुमार धीरेन्द्र शाहकी पत्नी प्रेक्षा शाहको पनि मुगुको रारा तालमा मृत शरीर भेटिएक‍‍‍ो तर उनी सवार हेलिकप्टर र सो हेलिकप्टरका चालक वीरेन्द्र कडेरिया त्यसयता बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *