नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको उद्देश्य अनुसार नचल्दा सहकारीमा समस्या उत्पन्न भएको र सहकारीको समस्या सरकारले नभई सहकारीमा आवद्धहरुले समाधान गर्नु पर्ने खाँचो औंल्याउनुभएको छ । नेफ्स्कूनको आयोजनामा “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति : प्रभावकारी लेखा सुपरिवेक्षण समिति” भन्ने नाराका साथ आजबाट शुरु भएको लेखा सुपरीवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठिको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारीले बैंक तथा वित्तीय संस्थाहरुमा भन्दा भन्दा बढी कारोबार गर्नेे अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा समस्या सिर्जना भएको बताउनुभयो । सहकारी ऐन, २०७४ र नियमावली,२०७५ राम्रोसँग लागू नहुदा सहकारीमा समस्या उत्पन्न भएको सरोकारवालाहरुले भन्दै आएपनि मन्त्री अधिकारी भने सो विषयमा मौन देेखिनुभयो ।
भोलि सम्पन्न हुने उक्त गोष्ठिमा विज्ञहरुका ६ वटा कार्यपत्र प्रस्तुत गर्ने क्रार्यक्रम रहेको नेफ्स्कूले जनाएको छ । गोष्ठिमा देेेशभरका बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघ संंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।