सहकारीको पैसा सहकारीमा राख्नुपर्छ : उपप्रमुख भट्टराई

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सहकारीको पैसा सहकारीमै राख्नु पर्ने बताउनुभएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको आयोजनामा यही असार २८ गते सूर्यविनायक रिसोर्ट , घलाटेंमा सम्पन्न “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र GOAML” विषयक नगरस्तरीय अन्तर्क्रिया कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख भटराईले सहकारीले निर्णय गर्दा सहकारी ऐन, नियम र निर्देशन हेरर गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीले आफ्नो सहकारीका सदस्यको सुरक्षाको बारे चिन्तन मनन् गर्न अग्रह गर्दै एउटा संस्थालाई समस्या पर्दा अरु सहकारीलाई पनि असर गर्ने भएकोले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशनहरु पालना गरी सुशासनमा रहनुपर्ने र साकोस स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिकाले यसपाली ३१ लाख रुपैया सहकारी क्षेत्रमा बजेट छुट्याएको उहाँको भनाई थियो ।
सो अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुती गर्दै निर्देशन सकारात्मक रहेको बताउनुभयो । उहाँले निर्देशनमा हाल प्रक्रिया नपु-याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा प्रस्तुती गर्नुभएको थियो । साथै उहाँले GOAML दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबर्द्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र GOAML सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकको अध्यक्षता गर्दै त्यसै संघका सञ्चालक एवम् उपसमितिका संयोजक काजीबहादुर पञ्चले कार्यक्रममा प्रस्तुत भएको सहकारी विभागबाट जारी ३५ बुँदे निदेशन, कोपमिस र GOAML मा आबद्ध हुनु अनुरोध गनुभयो । उहाँले हाल सहकारीमा सुशासनकै अभावमा सञ्चालकले घर जग्गामा लगानी, सञ्चालकको स्वार्थ र कर्मचारीको बद्मासीले समस्याहरु देखिएको छ र ती समस्याले गर्दा सही ढंगले सञ्चालन गरेका सहकारीलाई पनि समस्या पार्ने तर्फ सचेत गराउनुभयो । सोही उपसमितिका सदस्य कञ्चन कृष्ण न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस अन्तर्क्रिया कार्यक्रममा सूर्यविनायक नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ५४ जनाको सहभागिता रह्यो । कार्यक्रमको सञ्चालन उक्त उपसमितिका सदस्य मिठारा न्यौपानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *