भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही साउन २८ गते शनिबार सहकारीमा देखिएका समस्या तथा सामाधान विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर बैक्वेट, भक्तपुरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि उपरजिष्टार खिमानन्द आचार्यले तत्कालिन डिभिजन सहकारी कार्यालय खारेज भएपछि सहकारी अनुगमन कार्य कमजोर भएको स्वीकार गर्दै सहकारीका समस्या सामाधान पनि सहकारीसगैं रहेको बताउनुभयो । उहाँले सहकारी ऐनका व्यवस्थाहरु कार्यान्वयन गर्ने क्रममा सहकारी कर्जा सूचना केन्द्रको मस्यौदा माथि छलफल भइरहेको र कर्जा असुली न्यायधिकरणको कार्यविधि स्वीकृतीको लागि मन्त्रालय पठाइसकेको जानकारी दिनुभयो । उहाँले सहकारीहरु बैंक हुन खोज्दा समस्या देखिएकोले सामुदायमा आधारित शब्दलाई मूल मर्ममा रहेर सहकारी
कार्यक्रममा नेफ्स्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांगले भक्तपुरमा अधिकांश सहकारी समुदायमा आधारित भएकोले राष्ट्रियस्तरमा देखिएको सहकारीको समस्या भक्तपुर नभएको तर काठमाण्डौ र ललितपुरमा देखिएको समस्या भक्तपुरलाई पनि असर गर्ने तर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सरकारी र अभियान मिलेर अगाडि बढे मात्र सहकारीको समस्या कम गर्न सकिने विचार राख्नुभयो । उहाँले अभियानले सहि मनसायले समस्या भएका सहकारीमा कुल बचतको ५ प्रतिशत मात्र फिर्ता गर्न गरेको आह्वानले थप समस्या सिर्जना भएको बताउनुभयो । उहाँले स्थिरीकरण कोष गठन विधि सहकारी भावना तथा मर्म विपरित रहेकोले संशोधन गर्नुपर्ने विचार व्यक्त गर्दै नियमन निकाय र संस्थाले अनुगमन नबुझ्दा अनुगमन प्रभावकारी नभएको बताउनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका सहकारी शाखा प्रमख शर्मिला पोखरेलले चाँगुनारायण नगरपालिकाले सहकारी दर्ता तथा शिफारिस गर्ने कार्य बन्द रहेको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीमा समस्या पत्ता लगाई समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी अनुगमनमा जोड दिनुपर्ने भएतापनि जनशक्ति अभावका कारण गर्न नसकिएको कुरा बताउनुभयो । त्यसै अवसरमा भक्तपुर नगरपालिकाका वडा अध्यक्ष हरि प्रसाद वासुकलाले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी
ख) सञ्चालकले बचत दुरुपयोग गरेको संस्थामा हाल संकट आएको हुँदा उक्त कुरा आमजनतालाई जानकारी गराउने ।
ग) सदस्यहरुलाई सहकारीको निरन्तर शिक्षा प्रदान गर्ने ।
घ) तरलता अभाव अवस्थामा संस्थाबाट घरजग्गा खरिद नगर्ने र क्षमता भन्दा ठूलो ऋण लगानी नगर्ने ।
ङ) संदस्य केन्द्रित सेवा र व्यवसाय तथा कार्यक्रमहरु संचालन गर्ने ।
च) सहकारीबाट आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको सकारात्मक प्रभावकाबारेमा प्रचार प्रसार गर्ने ।
छ) वित्तीय अनुशासनका मापदण्डहरु पूर्णरुपमा पालना गरी कारोबार गर्ने ।
ज) सदस्यहरुको बचत दुरुपयोग गर्ने सञ्चा लकहरुलाई कार्वाहीको माग गर्ने ।
झ) सहकारी संस्थाहरुको समयमै साधारण सभा सम्पन्न गरी सदस्यलाई सुसूचित गर्नुपर्ने ।
ञ)

