सहकारी छानविन समितिको कार्यदेशबारे कार्यदलमा जुटेन सहमती

सहकारीको रकम अपचलन छानविन गर्न गठित संसदीय छानविन समितिको कार्यदेशबारे कार्यसहमती जुट्न सकेन । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री तथा नेकपा (एमाले)का नेता पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सदस्य रहेको कार्यदलको आज कानुन , न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सांसद ज्ञानेन्द्रबहादुर कार्कीको समेत सहभागिता रहेको य‍ो छलफलमा रास्वपाका सभापति समेत रहेका उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा मुलत: नेपाली कांग्रेस र रास्वपा बीच सहमती हुन नसक्ता उक्त छलफल विना निश्कर्ष टुङ्गिएको जनाइएको छ ।

यता आजै सो कार्यदल र सभामुख देवराज घिमिरे बीच पनि छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *