सहकारी विभागका रजिष्टार र राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल बीच छलफल

आज राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको सो महासंघको टोली र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे बीच सहकारीको वर्तमान समसामायिक विषयमा छलफल भएको छ । सो अवसरमा सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा उक्त महासंघ र सहकारी विभाग बीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । छलफलमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्षहरु डी.बी. बस्नेत र इन्दिरा पन्त, सञ्चालकहरु टेकप्रसाद चौलागाईँ, परितोष पौड्याल र सुमन नेपालका साथै महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा सहभनगी हुनुहुन्थ्यो । उक्त अवसरमा रजिष्ट्रार घिमिरेले स‍ोही महासंघको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष मल्लसहितको टोलीलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply