सहकारी विभागद्वारा सहकारीको ऋण प्रवाहमा अधिकतम व्याजदर १६ प्रतिशत निर्धारण

काठमाडौं/ सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी विभागले बचत र ऋणको व्याजदर वीच बढीमा ६ प्रतिशतसम्म अन्तर रहने गरी बचत र ऋण कारोवार गर्ने सहकारी संस्थाले अधिकतम १६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न सक्ने निर्णय गरेको जनाएको छ । सहकारी विभागद्वारा आज जारी गरिएको सूचनामा यो नयाँ व्याजदर २०७८ फागुन १५ गतेदेखि लागू हुने उल्लेख छ । सहकारीमा अहिलेसम्म अधिकतम १४.७५ प्रतिशतसम्म व्याजदरमा ऋण प्रवाह हुन सक्ने व्यवस्था छ । सो विभागले सहकारी संघ/संस्थाको सन्दर्भ व्याजदर निर्धारण गरेको यो तेस्रो पटक हो । उक्त विभागले पहिलो पटक अधिकतम १६ प्रतिशत , दोस्रो पटक अधिकतम १४.७५ प्रतिशतसम्म व्याजदरमा ऋण प्रवाह गर्ने गरी सहकारी सन्दर्भ व्याजदर निर्धारण गरेको थियो ।

बजारमा व्याजदर बढेकाले सहकारीमा समस्या आएकोले सहकारीको सन्दर्भ व्याजदर बृद्धि गर्न माग गर्दै राष्ट्रिय सहकारी महासंघ लि., नेपालले केही दिनयता संघर्ष गर्दै आएको थियो ।

यता सहकारी क्षेत्रका विज्ञ र कतिपय सहकारीकर्मीहरुले सहकारी विभागले सहकारीमा औशत व्याजदर तोक्नुको साटो व्याजदरक सीमा निर्धारण गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply